जीवनशैली

दाँतको रोगी हुनबाट बच्न के गर्ने ?

By खबरहब

October 29, 2021

काठमाडौँ– अधिकांश मानिसहरु दाँतलाई राम्रोसँग सफा गरिरहेका हुँदैनन् । सानो लापरबाहीको कारणले दाँतमा अनेकौँ रोगहरु उत्पन्न हुने गर्दछन् ।

दाँतमा उत्पन्न हुने मुख्य रोगहरुमा दाँत दुख्नु, जरा कमजोरी हुनु, दाँतबाट रगत आउनु आदि पर्दछन् भने कतिपय मानिसमा दाँत सफा गर्दागर्दै पनि विभिन्न समस्याहरु देखिने गर्छ ।

जसको कारण भनेको दाँतको सफाइका साथै दाँत मजबुत हुनका लागि उचित खानपान र पर्याप्त भिटामिनको कमिको कारण हुने गर्छ । त्यसैले दाँतसम्बन्धी रोग लाग्नबाट बच्नका लागि निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ :

१) शरीरले पचाउने खानेकुरा मात्र खानुहोस् । नपच्ने तथा नसहने चिजहरु सेवन नगर्नुहोस् ।

२) गाँजर, पालक, टमाटर, अलैँचीको प्रयोग सकेसम्म सधैँ गर्नुहोस् ।

३) कठोर चिजहरु दाँतले नचपनाउनुहोस् ।

४) भिटामिन बी तथा सी युक्त पदार्थहरुको सेवन गर्ने बानी बसाल्नुहोस् ।

५) साह्रै तातो र साह्रै चिसो वस्तुहरु सेवन नगर्नुहोस् ।

६) बिहान र बेलुका दन्तमञ्जन गर्न नबिर्सनुहोस् ।

साभार : ‘मेरा डाक्टर’ बाट