समाचार

२४ घण्टामा विश्वभर ४ लाख ७१ हजार संक्रमित थपिए

By खबरहब

October 29, 2021

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ५३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ४३, रुसमा ४० हजार ९६, बेलायमा ३९ हजार ८४२, टर्कीमा २५ हजार ५२८, ब्राजिलमा १५ हजार २६८ र भारतमा १४ हजार ३२३ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका छ । जहाँ एकदिनमै ६७ हजार १०१ जना निको भएका छन् । त्यसपछि बेलायतमा २९ हजार ४५४, रुसमा २९ हजार ३१८, टर्कीमा २७ हजार ६५१, ब्राजिलमा १४ हजार २८ र भारतमा १३ हजार २२३ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै छ । जहाँ एक हजार २०३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी रुसमा एक हजार एक सय ५९, भारतमा ८०३, ब्राजिलमा ३९९, टर्कीमा २२९ र बेलायतमा १६५ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।