फाइल फोटो

समाचार

तास खेलिरहेका वडाध्यक्षसहित ९ जना पक्राउ

By खबरहब

October 29, 2021

नुवाकोट – सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित ९ जनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा पक्रेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा गए राति तास खेलिरहेको अवस्थामा वडाध्यक्ष अधिकारीसहित ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता हुन् ।

प्रहरीले तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगद बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।