जीवनशैली

खाली पेटमा लसुन खानुका फाइदा

By खबरहब

October 29, 2021

हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ ।

यस अलावा लसुन सेवनको धेरै लाभहरु छन् । पुरुषले दैनिक बिहान खालीपेट लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ ।

लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइन्छ । यसले थुप्रै स्वास्थ्य समस्याबाट पनि बचाउँछ । पुरुषले लसुन खादाँ के के स्वास्थ्य लाभहरु पाउँछन् त ?

१. लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२. लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३. यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४. यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५. लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँन मद्दत गर्दछ ।

६. यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७. यसमा हुने फाइबरले कब्जियत जस्ता पेटका समस्याबाट टाढा राख्दछ ।