फाइल फोटो

राजनीति

प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीशहरूको बहिस्कार जारी

By खबरहब

October 29, 2021

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् ।

यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन् ।

न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन् ।