राजनीति

एमाले अधिवेशन : लामाको अध्यक्षतामा ककनी गाउँपालिका कमिटी सर्वसम्मत

By खबरहब

October 29, 2021

नुवाकोट – नेकपा एमाले ककनी गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप-सचिवद्वयमा यमबहादुर लामा र कोपिला गुरुङलगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

ककनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी एवम् सदस्यहरुले नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्यद्वय लामा र अधिकारीको उपस्थितिमा पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुले समेत पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।