देश/प्रदेश

फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

By खबरहब

October 29, 2021

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ ।

आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम भर्ने काम बन्द भएको थियो ।

अब सबै समस्या हल भएको र सेवाग्राहीले फारम भर्न सक्ने अवस्था बनेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

बिहीबार एकैदिन झण्डै १० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरेका छन् ।