मनोरञ्जन

कीर्तिपुरमा खुल्यो ‘कीर्तिपुर सिनेप्लेक्स’

By खबरहब

October 29, 2021

काठमाडौं– वितरक तथा प्रदर्शन नरेन्द्र महर्जन र उनको टिमले कीर्तिपुरको पाँगामा ‘कीर्तिपुर सिनेप्लेक्स’ नामक नयाँ हल सञ्चालमा ल्याएका छन् । हलको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

सञ्चालक महर्जनका अनुसार शुक्रबारबाट हलमा एक नेपाल भाषाको र एक हलिउड फिल्म रिलिज हुँदैछ । एक मात्र पर्दा रहेको हलमा चाँडै अर्को पर्दा पनि जोडिने महर्जनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेतलगायतको उपस्थिति रहेको कार्यक्रममा महर्जनले हलमा हाललाई २ सय ८५ दर्शक क्षमता रहेको बताए ।

हलमा दैनिक ४ शोज फिल्म रिलिज हुनेछ । महर्जनका अनुसार हल निर्माण र जग्गा खरिदमा २० करोड खर्च भएको छ ।