देश/प्रदेश

रसुवामा फेरि देखियो कोरोना संक्रमण

By खबरहब

October 29, 2021

रसुवा– रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ । १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो ।

गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन् भने चार जना अहिले होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ । जिल्लामा आइसियु, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणको सुबिधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।