फाइल फोटो

राजनीति

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

By खबरहब

October 29, 2021

काठमाडौँ– संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको कार्तिक ११ को सिफारिस अनुसार कार्तिक १२ गते शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै दुवै सदनको चालु अधिवेशन अन्त्यको जानकारी गराएका हुन् ।

संसद अधिवेशन गत भदौ २३ गतेदेखि शुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दा संसदका कुनै पनि बैठक सुचारु हुन सकेको थिएन ।

हेर्नुहोस संसद सचिवालयले जारी गरेको सूचना