अन्तर्राष्ट्रिय

म्यान्मारका विद्यालय नोभेम्बरदेखि खुल्ने

By खबरहब

October 29, 2021

एजेन्सी- म्यान्मारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् ।

म्यान्मार सरकारले कोभिड-१९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।

कोभिडको महामारी केही घट्दै गएपछि सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी सरकारले गरेको हो ।

अधिकारीहरुले म्यान्मारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण संस्थाहरु पनि खुला गरिने जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।