बलिउड/हलिउड

कन्नड सुपरस्टार पुनीतको निधन

By खबरहब

October 29, 2021

मुम्बई(एबीपी लाइभ)– कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । हृदयघात भएपछि उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।

पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए । उनी फ्यानमाझ ‘अप्पु’ नामले परिचित थिए ।

प्रख्यात टेलिभिजन प्रस्तोता पुनीत बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । उनी कन्नड फिल्ममा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा सूचीकृत थिए ।

क्रिकेटर वैंकटेश प्रसादले उनको निधनको पुष्टि गरेका छन् ।