क्रिकेट

टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान खेल्दै

By खबरहब

October 29, 2021

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

सारजाहमा हुने पहिलो खेलमा अपराह्न ३:४५  वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा छ भने अफगानिस्तान दोस्रो जितको खोजीमा छ ।