समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 29, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – १७

११–२० वर्ष – ३५

२१–३० वर्ष – १११

३१–४० वर्ष – ९८

४१–५० वर्ष – ८२

५१–६० वर्ष – ६३

६१–७० वर्ष –४९

७१–८० वर्ष – २४

८० वर्षभन्दा माथि – ११

अज्ञात–०