सांकेतिक तस्बिर

समाचार

३२० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 29, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २४२ कोरोना संक्रमितको आईसीयूमा र ७८ को भेन्टिलेटरमा गरी कुल ३२० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४४ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३२ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३३ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।