राजनीति

सीके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई गरे दुर्व्यवहार

By खबरहब

October 29, 2021

धनुषा- सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथिको दुर्व्यवहारलाई निरन्तरता दिएका छन् ।

धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई उनीहरुले चप्पलले कुटपिट गरेका हुन् ।

नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग राखेका विद्यार्थीलाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रअमाथि हात पारेका हुन् ।

यसअघि केही दिनअघि उनीहरुले  खानेपानी तथा ढल निकासका कार्यालय प्रमुख राजेस्वर कुशवाहालाई कुटपिट गरेका थिए ।