राजनीति

प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य

By खबरहब

October 29, 2021

काठमाडौँ– माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।

आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आफू निकट दुईजनालाई केन्द्रीय सदस्य बनाएपछि साह शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । यसअघि उनले आफू नेकपाको नेता रहेको बताउँदै आएका थिए ।