सांकेतिक तस्बिर

लागूऔषधसहित तीन जना पक्राउ

By खबरहब

October 29, 2021

काठमाडौँ– लागूऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगंज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् ।

भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले कात्तिक ११ गते १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षीय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।