g]tf l/hfn sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm"dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{'ePkl5 cfOtaf/ g]kfnL sfFu|];sftkm{af6 wf/0ff k|:t't ug{'x'Fb} g]tf 8f= ldg]Gb| l/hfn . t:jL/M /Tg >]i7, /f;;

राजनीति

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

By खबरहब

October 29, 2021

धनकुटा– रक्षामन्त्री तथा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

धनकुटामा शुक्रबार नेपाली कांग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिँदै सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने बताए ।

कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो ।

उनले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट सबै नेता कार्यकर्ताको सम्मान गर्न र पार्टीलाई सबल बनाउने गरी वातावरण बनाउनुपर्ने बताए ।