सांकेतिक तस्बिर

देश/प्रदेश

बोलेरोको ठक्करले महिलाको मृत्यु

By खबरहब

October 29, 2021

चितवन– भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते महिलाको उपचारका क्रममा शुक्रबार दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।