साउथ इन्डियन दाल फ्राई पकाउने तरिका

By खबरहब

November 29, 2021

आवश्यक सामग्री : 

चना दाल आधा के.जी., प्याज ५० ग्राम, अदुवा र लसुन पेस्ट २५-२५ ग्राम, जिरा धनियाँ पाउडर एक चौथाइ चम्चा, बेसार, नुन आवश्यकता अनुसार, ३-४ वटा सुकुमेल, ल्वाङ, दालचिनी, तेज पात, मरीच धुलो १ चिम्टी, हरियो खुर्सानी २ वटा, बटर अथवा राम्रो घिउ ५० ग्राम, १ चम्चा रायोको दाना, १ चम्चा जिरा गेडा, २ वटा सुकेको खोर्सानी ।

बनाउने तरिका : 

दाललाई आवश्यक पानी राखी नुन, बेसार, प्याज, हरियो खोर्सानी र अन्य मसला राखी कुकरमा १५ मिनेट सानो आगोमा पकाउनु र निकालेर घोट्नु । अब एक फ्राईपेनमा बटर वा घिउ तताई रायो, जिरा, सुकेको खुर्सानी फुराउनु र दालमा राखी चलाउनु । अब फ्राई दाल तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट