समाचार

कांग्रेस अधिवेशन : गुल्मी सभापतिमा पन्थी निर्वाचित

By खबरहब

November 29, 2021

गुल्मी – नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् ।

जिल्लाको आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हो ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए ।

उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । सचिवमा भगतसिंह खड्का र जगदिश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए । सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन् ।

सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लिलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् ।