मनोरञ्जन

प्रभातसँग रेश्माले कसिन् लगनगाँठो

By खबरहब

November 29, 2021

काठमाडौं– अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग लगनगाँठो कसेकी छन् । उनले सोमबार विराटनगरको एक रिसोर्टमा विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाहमा आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मीको मात्र उपस्थिति छ । रेश्माले गत वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

प्रभात अमेरिकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहेकी छन् । नर्सिङ पेशामा रहेकी रेश्माको टिकटकमा धेरै फ्यान फलोइङ छन् । केही समय यता रेश्मा म्यूजिक भिडियोमा पनि व्यस्त छिन् ।