राजनीति

एमाले महाधिवेसनः प्रभु साह केन्द्रीय सदस्यमा निर्बिरोध

By खबरहब

November 29, 2021

काठमाडौँ- एमालेको १०औँ महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्बिरोध भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा बिजयी भएका हुन् । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका छन् ।

प्रदेश–२ वाट पूर्वमाओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्यपी औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।