सांकेतिक तस्बिर

समाचार

१९६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 29, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १५९ कोरोना संक्रमितको आईसीयूमा र ३७ को भेन्टिलेटरमा गरी कुल १९६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २५ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०५ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा उपचाररत छन् ।