राजनीति

प्रदेश अधिवेशनको मिति याथवत, निर्वाचन कार्यक्रममा हेरफेर

By खबरहब

November 29, 2021

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति नसेको काग्रेसले जनाएको छ । निर्वाचन कार्यक्रममात्र हेरफेर गरिएकोमा मिति सारेको भन्ने कन्फ्युजन भएको भन्दै काँग्रेसले प्रदेश अधिवेशन यही मंसिर १६ गते नै उद्घाटन हुने जनाएको छ ।

तर यसअघि उद्घाटन अघि नै उम्मेदवारी दर्ता गराउने भनिए पनि अब उम्मेदवारी भने उद्घाटनपछि दर्ता गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केही जिल्लाहरुमा प्रदेश अधिवेशन हुन नसकेकाले ती जिल्लालाई पनि सहभागी गराउन मनोनयन उद्घाटनपछि गर्ने निर्णय गरिएको हो ।

सोमबार बिहान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाबीच प्रदेश अधिवेशनबारे छलफल भएको थियो ।