;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/L ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

राजनीति

एमाले महाधिवेशन : २ बजेबाट मतदान

By खबरहब

November 29, 2021

काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् ।

यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए पनि केन्द्रीय सदस्यहरुमा सर्वसम्मतको प्रयास भइरहेकाले मतदानको समय सारिएको नेताहरुले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको खुल्ला सदस्यका तीनजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । अन्य प्रदेशहरुमा पनि सहमतिको प्रयास भइरहेको छ ।