फाइल तस्बिर

टिप्स

पिल्स चक्की खाएपछि देखिने असर के हुन् ?

By खबरहब

December 29, 2021

पिल्स खान थालेको सुरुको बेलामा कसै-कसैलाई तलका मध्ये कुनै असर देखा पर्न सक्छन्।

क) सामान्य टाउको दुख्ने, रिँगटा लाग्ने ।

ख) वाकवाकी लाग्ने ।

ग) नाकको वरिपरि छालामा चायाँ पर्ने ।

घ) शरीरको वजन घटबढ हुने ।

ङ) महिनावारीको बिचबिचमा पनि रगत देखिने ।

च) महिनावारी नहुनु ।

छ) स्तनमा भारीपन आउनु ।

ज) डण्डीफो आउनु ।

झ) मनस्थितिमा परिवर्तन आउनु ।

यी लक्षणहरू सबै महिलामा देखिँदैन । केहीलाई मात्र देखिन्छ । तर यसो भयो भनेर तुरुन्तै पिल्स खान छोड्नुहुँदैन । पिल्स चक्की लगातार खाइरहनुपर्छ । केही समयपछि यी लक्षणहरू आफै हराएर जान्छन् ।

साभार  : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट