सांकेतिक तस्बिर

समाचार

दमकमा  मोटरसाइकल दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

By गोपाल झापाली

December 29, 2021

दमक- झापाको दमक  २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

मंगलबार राति साढे १० बजेतिर उतरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको ३ जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क,  चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगाधे तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए ।