राजनीति

प्रचण्डको प्रतिवेदनमाथि छलफलको समय सकियो, परिमार्जनसहित पारित गरिँदै

By खबरहब

December 29, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि तोकिएको समय सकिएको छ ।

झण्डै १७ सय प्रतिनिधिहरूलाई २५ समूहमा विभाजन गरेर भएको समूहगत छलफलको निचोड अब समूह प्रमुखहरूले प्रस्तुत गर्नेछन् । एउटा समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको छ । उनीहरूले निष्कर्ष दिइसकेपछि प्रतिवेदन परिमार्जनसहित  पारित गर्ने तयारी माओवादीको छ ।

लगत्तै नयाँ नेतृत्व चयन प्रकियामा बन्दसत्र अघि बढ्नेछ । माओवादीले भावी राजनीतिक कार्यदिशासहित १५ पदाधिकारीको २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।