काठमाडौँ- काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ ।
मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।
काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।