इनसाइट/स्पेशल

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश

By खबरहब

December 29, 2021

काठमाडौँ– पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

विदेशबाट आउँदा मदिरा ल्याएको विषयमा रेग्मीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग झगडा गरेको विषयमा नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए ।

सर्वोच्चले रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।