अपराध

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

By खबरहब

December 29, 2021

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै सोही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले सो सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले अन्य ९ जनालाई धरौटीमा छाडेको छ भने एकजनालाई साधारण तारेखमा छाडेको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुपक्र्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ ।