रोचक/विचित्र संसार

विश्वभर गर्भमा हुकिर्दै गरेका सबै शिशुको लम्बाई उस्तै

By खबरहब

May 30, 2021

द ल्यान्सेट डाइबिटिज एण्ड इन्डोक्राइनोलोजीमा प्रकाशित एक अध्ययन अनुसार विश्वभरीका गर्भमा हुर्किदै गरेका सबै शिशुको लम्बाई एकैनाश हुने देखिएको छ ।

यस अध्ययन अनुसार गर्भमा शिशुको विकास र जन्मका बेला हुने उसको लम्बाइमा विश्वभरि नै एकरूपता हुन्छ ।

अमेरिका, ब्राजिल, इटाली, बेलायत, भारत, चीन, केन्या, ओमानका शहरी क्षेत्रका गर्भवती महिलाहरूमा गरीएको अध्ययन अनुसार प्रायः सबैतिरका शिशु जन्मका बेला एकैनासका देखिन्छन् ।

यसो हुनुको पछाडी सबैतिर गर्भवतीहरूलाई पर्याप्त पोषण, रोगको उपचार र सुत्केरी अघिको हेरचाह एकैनासको हुनु हो ।

अनुसन्धान अनुसार विश्वभरिमा गर्भमा बढिरहेका शिशुहरूको हाडको आकार थाहा पाउन अल्ट्रासाउन्ड परीक्षण गरीएका थियो । उनीहरूले जन्मको समय सबै शिशुको लम्बाइ र टाउकाको परिधि नापेका थिए ।

यस्तोमा गर्भवतीहरूको स्वास्थ्य, पोषणको स्थिति र सुत्केरीको समयमा राम्रो हेरचाह हुन सके स्वस्थ शिशु जन्मने सम्भावना अत्यधिक हुने निचोड निस्किएको थियो । एजेन्सीको सहयोगमा