रोचक/विचित्र संसार

सुपरम्यान जस्तै पिल्लर चढ्ने बच्चाको भिडियो भाइरल

By खबरहब

July 30, 2021

आजकल चर्चामा आउन सामाजिक सञ्जालमा भाइरल भए सजिलो छ । सामाजिक सञ्जालमा शेयर भएका सामाग्रीको विश्वभर यसको पहुँच हुन्छ र मानिस सजिलै भाइरल बन्न सक्छ ।

यसैबीच ट्विटरमा एक बच्चा भाइरल बनेका छन् । ति बच्चाको अद्भुत क्षमताले सामाजिक सञ्जालका प्रयोगकर्तालाई लोभ्याएको छ ।

ट्विटरमा शेयर भएको यो भिडियोमा एक बच्चा सुपरम्यान जस्तै झटपट पिल्लरमा चढेका छन् । १ मिनेट भन्दा पनि कम अवधीको सो भिडियोमा ति बच्चा अत्यन्त फुर्तीका साथ पिल्लरमा चढ्छन् । उनको यहि क्षमता सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

यो भिडियोलाई अहिलेसम्म करीब २ लाख पटक हेरीएको छ । साथै भिडियोमा अधिकाशंले बच्चाको क्षमताको स्रहाना गरेका छन् ।

This Kid is my Guru 😊 👏 💐🍫 pic.twitter.com/eiUPxxLzzG

— Dr. M V Rao, IAS (@mvraoforindia) May 27, 2021