प्रेरक

देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ : प्रेरक प्रसङ्ग

By खबरहब

September 30, 2021

एक दिन विनोबा भएको ठाउँमा कलेजका केही विद्यार्थीहरु आए तब उनले विद्यार्थीलाई कागजका केही टुक्रा दिँदै भने, यी टुक्रा जोडेर भारतको नक्सा बनाऊ ।

विद्यार्थी धेरै बेरसम्म सोचेर बसिरहे तर पनि त्यो टुक्रा जोडेर नक्सा बनाउन सकेनन् । छेउमै बसेर एक युवकले यो सब हेरिरहेका थिए । केही साहस गरेर उनले विनोबासँग भने, यदि तपाईं अनुमति दिनुहुन्छ भने यो टुक्रा म जोडिदिनेछु ।

विनोबाको आज्ञा पाएर केही क्षणमा नै ती युवकले टुक्रा जोडेर नक्सा बनाइदिए ।

विनोबाले उनलाई सोधे, तिमीले यति छिटो यी टुक्रा कसरी जोड्यौ ?

युवकले भने— यी टुक्रामा एकातिर भारतको नक्सा छ र अर्कोतिर मानिसको चित्र । मैले मानिसको चित्र जोडेँ, नक्सा आफैँ जोडियो ।

यो सुनेर विनोबाले भने, ठीक छ, यदि हामीले देशलाई जोड्नु छ भने पहिला त्यहाँका सबै नागरिकलाई जोड्नुपर्छ । देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ ।

साभार प्रेरक प्रसङ्हरु पुस्तकबाट