क्रिकेट

आईपीएल क्रिकेट : बैंगलोरले राजस्थानलाई हरायो

By खबरहब

September 30, 2021

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देबदत्त पड्डीकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सन्जु सामसनले १९ रन बनाए ।

जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ । राजस्थान ८ अंकसहित सातौं स्थानमा छ ।