फाइल फोटो

राजनीति

अनेरास्ववियू क्रान्तिकारीको २२ औं सम्मेलनको उद्घाटन प्रचण्डले गर्दै

By खबरहब

September 30, 2021

काठमाडौँ – अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बिहीबार)बाट शुरु हुने सम्मेलनको पार्टी अध्यक्ष प्रचण्डले मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) का हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी देखिएका छन् ।

अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन आकांक्षी देखिएका छन् ।