sf7df8f}F, !) c;f/ . kfFr ljkIfL u7aGwn] laxLaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / ;Dkfbsx? aLrsf] cGt/lqmofdf af]Nb} g]skf Pdfn] jl/i7 g]tf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;

समाचार

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

By खबरहब

September 30, 2021

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।