राजनीति

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

By खबरहब

September 30, 2021

काठमाडौँ– सरकारले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै कानुन मन्त्री समेत रहका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सो प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् ।

यसैगरी बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको उनले बताए । बैठकमा सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।