sf7df8f}F, !$ c;f]hM cWoIf bfxfn clvn g]kfn /fli6«o :jtGq ljBfyL{ o'lgog -qmflGtsf/L_ sf] @@ cf}F /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf ;xefuLx?nfO{ clejfbg ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M k|bLk/fh jGt÷/f;;

राजनीति

अहिले नै पार्टीको उत्तराधिकारी घोषणा गर्दिनँ, तर राम्रो नेता आए छाड्छु : प्रचण्ड (भिडियो)

By खबरहब

September 30, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्काल पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नो पार्टीमा केही नेताहरु प्रचण्डबाट हुँदैन भन्नेमा लागेकोसमेत बताए ।

उनले भने, ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर यसो हेर्छु…। लास्ट एक पटक लडाइँ लड्छु ।’ माओवादी केन्द्रले महाधिवेशनको तयारी गरिरहेका बेला प्रचण्डले फेरि पार्टीको नेतृत्व नछाड्ने बताएका हुन् ।

प्रचण्ड माओवादीको स्थापनाकाल २०५२ देखि लगातार नेतृत्वमा छन् ।

तर, उनले आफूसँग प्रतिस्पर्धामा आउन भने नेताहरुलाई आह्वान गरे । उनले भने, ‘प्रतिस्पर्धामा आउनुहोस, राम्रो कार्यक्रम ल्याउनु भयो । पार्टीमा पारित भयो भने म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर अहिले नै उत्तराधिकारी घोषणा भने गर्दिनँ ।’

प्रचण्डले चिनियाँ नेता माओले लिन प्याओलाई उत्तराधिकारी घोषणा गरे जस्तो नगर्ने बताए । उनले भने, ‘माओले उत्तराधिकारी घोषणा गरेपछि उनै लिन प्याओले माओलाई गोली हान्ने अवस्था आयो । यो उत्तराधिकारी भनेको काल हुँदो रैछ । तर राम्रो काम गर्नेलाई छाड्छु ।’