फाइल फोटो

खेलकुद

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

By खबरहब

October 30, 2021

काठमाडौँ – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ ।

नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । कोरोनाकै कारण प्रतियोगिता रद्द भएको थियो ।

संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।