खेलकुद

फ्रेन्च लिग वानमा पीएसजीको पुनरागमन जित

By खबरहब

October 30, 2021

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ ।

शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए । मार्किन्हसले एक गोल गरे ।

पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार गोल बिहिन रहे ।

जितपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।