फाइल फोटो

देश/प्रदेश

प्रदेश नं १ मा पनि एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्छ : माधव नेपाल

By खबरहब

October 30, 2021

मोरङ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा पनि छिटै सरकार परिवर्तन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताएका हुन्।

प्रदेश नं १ मा पनि आफ्नै पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए ।

यसअघि वाग्मति प्रदेशमा उनकै पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् । ‘हाम्रो पार्टीमा अहिले मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ।’ उनले भनेका छन्।