देश/प्रदेश

जावलाखेलमा जारी पुष्पमेलाका तस्वीर

By खबरहब

October 30, 2021

काठमाडौँ– ललितपुरको जावलाखेलमा शुक्रवारदेखि ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ ।

कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्।

मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका व्यवसायीहरुले फूल प्रदर्शनमा ल्याएका छन् ।

मेलामा ४४ स्टल छन्।

पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउन मेलाको आयोजना गरिएको फ्यानका अध्यक्ष मीन बहादुर तामाङले बताए ।

यो मेलामा ३५ हजारले अवलोकन गर्ने र ५० लाखको व्यवसायिक कारोबार हुने उनको भनाइ छ ।