सांकेतिक तस्बिर

समाचार

३०२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 30, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २३४ कोरोना संक्रमितको आईसीयूमा र ६८ को भेन्टिलेटरमा गरी कुल ३०२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १२५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३० जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।