क्रिकेट

दक्षिण अफ्रिकाको रोमाञ्चक जित

By खबरहब

October 30, 2021

काठमाडौँ– दक्षिण अफ्रिकाले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले अंक तालिकामा ४ अंक जोड्दै सेमिफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

जितका लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनायो ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए । डेविड मिलर २३ रनमा अविजित रहे ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याट्रिकसहित २० रन खर्चेर तीन विकेट लिए । दुश्मन्था चामिराले दुई विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए ।

दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन–तीन विकेट लिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो ।