मनोरञ्जन

सुजिता बनिन् मिस युनिभर्स नेपाल

By खबरहब

October 30, 2021

काठमाडौँ– मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका भैसकेकी सुजिताले उपाधिसँगै १० लाख रुपैयाँ नगद जितेकी छन् । उनले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

फस्ट रनरअप निनाकान्त मण्डल हुँदा रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप भए ।

अमेरिकामा बस्दै आएकी सुजिताले विदेशलाई कर्मभूमि बनाए पनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताइन् ।