टिप्स

वाक्सिङ गर्दा अनुहारमा आएका समस्या हटाउन यसो गर्नुहोस्

By खबरहब

November 30, 2021

अनुहार, हात, खुट्टामा आएको अनावश्यक रौंलाइ शरीरबाट निकाल्नुलाई वाक्सिङ गर्नु वा वाक्स गर्नु भनिन्छ । धेरै महिला शरीरका अनावश्यक रौँ हटाउन वाक्सिङ गर्दछन् । अहिले वाक्सिङ गर्नु सामान्य भइसको छ ।

अनुहारको छालालाई चिल्लो र मुलायम बनाउन युवती मात्र होइन पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्दछन् । रौँ हटाउन अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्दा असाध्यै दुख्ने हुन्छ ।

वाक्सिङ गर्दा छालामा रातो दाग हुने, पोल्ने, चिलाउने, बिमिरा आउने लगायतको समस्या देखिन्छ । यस्तो समस्या भएमा केही घरेलु उपाय मार्फत यसलाई समाधान गर्न सकिन्छ ।

– चिसो पानीले धुने

वाक्सिङ गरिसकेपछि अनुहारलाई चिसो पानीले धुनु पर्दछ । धुँदा साबुन वा स्क्रबको प्रयोग भने गर्नु हुँदैन ।

– ऐलोवेरा जेल लगाउने

ऐलोवेरा जेल छालाको अन्य समस्या हटाउन पनि उपयोगी हुन्छ । यसले चिलाउने समस्या हटाउँछ । त्यसैले वाक्सिङपछि ऐलोवेरा जेल लगाउँदा उत्तम हुन्छ ।

– नरिवलको तेल

वाक्सिङपछि छालामा शुद्ध नरिवलको तेल लगाउँदा चिलाएको र पोलेकोमा राहत मिल्दछ ।

– घामबाट बच्ने

वाक्सिङ गरिसकेपछि तुरुन्तै घाममा निस्कनु हुँदैन । निस्कीनै पर्याे भने छाताको प्रयोग गर्ने । अन्यथा छालामा विभिन्न प्रकारको समस्या आउन सक्छ ।

– बरफको टुक्रा

वाक्सिङ गर्दा छाला रातो भए वा रगत आए तुरुन्त बर्फको टुक्राले त्यस भागमा हलुका मसाज गर्नु पर्दछ ।