फाइल फोटो

समाचार

बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी

By खबरहब

November 30, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ ।

सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो ।

पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला प्रणालीलाई यसअघि बारको सहमति अनुसार देशभरका अदालतमा लागू गर्न माग गर्ने निर्णय भएकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

त्यस्तै बारले गोलाप्रथा प्रणालीबाट पेसी व्यवस्थापनका क्रममा प्रधानन्यायाधीशलाई सहभागी नगराउन र सहभागी भएको खण्डमा प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्न न्यायाधीश र प्रधानन्यायाधीशको इजलासमा बहस नगर्न कानुन व्यावसायीलाई आग्रह गर्ने निर्णय गरेको उनले बताइन् ।